‘लुटिएका हातहतियार र सामान ओसारपसार नगर्नू’

‘लुटिएका हातहतियार र सामान ओसारपसार नगर्नू’

जेन–जी विध्वंसका क्रममा लुटिएका हातहतियारसहित सामग्रीहरु सवारी साधनबाट ओसारपसार नगर्न यातायात व्यवस्था विभागले चेतावनी दिएको छ । विभागले त्यस्तो कार्य गरेको पाइएमा कडा कारबाही गर्ने सूचना नै जारी गरेको छ ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको प्रदर्शन एकाएक अराजक र हिंसात्मक बनेपछि सुरक्षाकर्मीका हातहतियार खोसिएको थियो । साथै सरकारी तथा निजी निवास, कार्यालयमा तोडफोड र आगजनी गरी लुटपाट र चोरी गरियो । 

विभागले लुटिएका, चोरिएका सामग्री सार्वजनिक तथा निजी सवारीका साधनबाट ओसारपसार हुनसक्ने सम्भावना भएकाले त्यसप्रति सचेत हुन सम्पूर्ण यात्रु, सवारी चालक, परिचालक तथा धनीलाई अनुरोध गरेको छ । साथै, त्यस्तो क्रियाकलाप भएको जानकारी भएमा नजिकैको प्रहरी कार्यालयलाई सूचितका लागि अनुरोध गरिएको छ ।

टिप्पणीहरू