घाइतेमध्ये ५० जनाको अपरेसन गरिएको सिभिलमा एक दर्जनको दोहोर्याइयो

घाइतेमध्ये ५० जनाको अपरेसन गरिएको सिभिलमा एक दर्जनको दोहोर्याइयो

जेन–जी ध्वंशका क्रममा घाइते भएका साढे तीन सयभन्दा बढी काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालबाट डिस्चार्ज भएका छन् । घाइते भएपछि अस्पताल लगिएका चार सय ६१ जनामध्ये तीन सय ६६ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएका हुन् । 

अस्पतालका अनुसार ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । त्यस्तै, ५१ जना अस्पतालमा भर्ना भएकोमा ४२ जना डिस्चार्ज भइसकेको र हाल नौ जना उपचाररत छन् ।

भर्ना भएकामध्ये ५० जनाको शल्यक्रिया गर्नुपरेको अस्पतालको भनाइ छ । त्यसमा पनि ११ जनाको पुनः शल्यक्रिया गरिएको थियो । उपचारका क्रममा ६ जनाको निधन भएको थियो । 

जेन–जी ध्वंशमा ७३ जनाले ज्यान गुमाएका छन् । घाइते सयौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 

टिप्पणीहरू