संसदीय समितिका सभापतिद्वारा गाडी फिर्ता

संसदीय समितिका सभापतिद्वारा गाडी फिर्ता

विघटित प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गाडी फिर्ता गरेका छन् । सरकारद्वारा उपलब्ध गराइएको बीए.बी. १३८१ नम्बरको स्कर्पियो गाडी उनले आज संसद् सचिवालयलाई फिर्ता गरेका हुन् ।

‘आज मैले महिला तथा सामाजिक मामिला समितिको सभापतिको हैसियतमा प्रयोग गर्दै आएको बीए.बी. १३८१ नम्बरको सवारी साधनलाई औपचारिक रूपमा सवारी शाखा प्रमुख उपसचिव प्रदीप नेपालज्यूलाई जिम्मा लगाएँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गत शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेसँगै यस अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । प्रतिनिधि सभा विघटनसँगै सांसद् र विषयगत समिति सभापतिहरूले सरकारद्वारा उपलब्ध गराइएको सुविधा फिर्ता गर्नुपर्छ ।

टिप्पणीहरू