प्रधानमन्त्री तिलगंगा अस्पतालमा
प्रधानमन्त्री सुशीला कार्की तिलगंगा अस्पताल पुगेर फर्कनुभएको छ । उहाँ बिहान सवा ९ बजे बालुवाटार निवासबाट निस्केर सवा १० बजे पुनः बालुवाटार फर्कनुभएको छ ।
आँखा जाँचजको सिलसिलामा बिहान अस्पताल जानुभएको सचिवालय स्रोतको भनाइ छ । उहाँ हिजो पनि सोही अस्पतालमा जानुभएको थियो ।
उपचारको क्रममा हिजो प्रधानमन्त्रीले डा. सन्दुक रुइतलाई अन्तरिम सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेर सहयोग पुर्याउन आग्रह गर्नुभएको थियो । तर, डा. रुइतले बिरामीको उपचार अलपत्र पारेर सरकारमा जान नसकिने आफ्नो बाध्यता सुनाउनुभएको बताइन्छ ।
टिप्पणीहरू