हेडक्वार्टरमा १० लाख क्षति,उपत्यकामा थप ब्यारेक
गत साताको ध्वंशमा जेन जीहरुले प्रहरी हेडक्वार्टरलाई पनि क्षति पुर्याएका छन् । प्रधान कार्यालयको प्राविधिक शाखामा भएको आक्रमणमा करिब १० लाखको क्षति पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
यता उपत्यका प्रहरीलाई सहयोग गर्न महाराजगञ्जस्थित प्रशिक्षण केन्द्रमा अतिरिक्त ब्यारेक स्थापना गरिएको छ । राजधानी काठमाडौं उपत्यकाको सुरक्षालाई सुदृढ बनाउन महाराजगञ्जमा एसएसपी दिपसमशेर जंगबहादुर राणाको कमाण्डमा अतिरिक्त प्रहरी ब्यारेक (बटालियन) राखिएको छ ।
प्रहरीका अनुसार नयाँ ब्यारेकमा उपत्यका बाहिरबाट झण्डै तीन सय र नेपाल प्रहरी मुख्यालय (नक्साल) बाट दुई सयभन्दा बढी प्रहरी खटाइएका छन् । आज दिउँसो मुख्यालय निरीक्षणमा गृहमन्त्री ओमप्रकाश अर्याल जानुअघि त्यहाँको परिसरबाट पार्किङमा राखिएका सबै सवारी साधन हटाइएको थियो ।
टिप्पणीहरू