बजारमा जलेको नोटको बिगबिगीपछि नगरपालिकाको सूचना
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले जलेको नोट प्रयोग भएको पाइएमा जानकारी गराउन आग्रह गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै जलेको नोटबाट कारोबार भएको भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सूचित गराएको हो । ‘जलेका नोटहरुबाट कारोबार भए–गरेको पाइएमा नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा तत्काल खबर गर्नुहुनसमेत सम्पूर्ण नगरबासीहरुमा अनुरोध छ’,सूचना उल्लेख छ ।
भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनकारीले व्यक्तिका घर, सरकारी कार्यालय, व्यावसायिक भवनहरूमा आगजनी गर्दा ठूलो मात्रामा नोट जलेको अनुमान गरिएको छ । बूढानिलकण्ठकै बासिन्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पैसा जलेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल बनेको छ ।
यसबीच आधा जलेको एउटा नोटमा अर्को जोडेर प्रयोग भैरहेको पाइएको भन्दै सरकारले सर्वसाधारणलाई सचेत गराएको छ ।

टिप्पणीहरू