जेन-जीकाे विध्वंसमा ११ सय थान एसएलआर चोरी
जेन-जी आन्दोलनका नाममा मच्याईएको विध्वंसात्मक घटनामा देशभरका प्रहरी कार्यालयबाट सयौँको संख्यामा हतियार हराएको छ ।
गत भदौ २४ गते काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रहरी युनिटमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा विध्वंसकारीले सुरक्षाकर्मीको हतियार लुटेर पड्काउँदै हिँडेका थिए ।
प्रहरी हेडक्वाटरले समिति बनाएर लुटिएका हतियारहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ । प्राप्त जानकारी अनुसार हालसम्म ११ सय थान एसएलआर, पेस्तोल, ग्याँस गन, थ्रीनटथ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टीटु म्याग्नम लगायतका हतियार लुटिएको खुलेको छ । त्यसमध्ये १६० थान हतियार भेटिएको बताइएको छ ।
जेन-जी प्रदर्शनको बलमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याललाई आइजीपी चन्द्रकुवेर खापुङले हराएका हतियारबारे रिपोर्टिङ्ग गरेका छन् ।
टिप्पणीहरू