युक्रेन किन छिरेका होलान् ती नेपाली ?

युक्रेन किन छिरेका होलान् ती नेपाली ?

युद्धग्रस्त मुलुक युक्रेनको हिरासतमा रहेका दुई नेपाली स्वदेश फिर्ता भएका छन्। अध्यागमन कानुन उल्लंघनको कसुरमा केही महिनादेखि त्यहाँको ‘इमिग्रेसन डिटेन्सन सेन्टर’मा राखिएका उनीहरुलाई उद्दार गरेर नेपाल फर्काइएको छ ।

जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरु गैरकानुनी बाटोबाट युक्रेन प्रवेश गरेका थिए। मानव तस्करहरुको प्रलोभनमा परेर मोल्दोभा हुँदै युक्रेन पुगेका उनीहरुलाई बोर्डरमै समातिएको थियो ।

त्यसपछि सेन्टरमा राखिएका उनीहरुलाई राजदूतावास, मोल्दोभाको अध्यागमन विभाग र गैरआवासीय नेपाली संघ, जर्मनीको सहयोगमा उद्दार गरिएको हो। दूतावासका अनुसार युक्रेनबाट युरोपका अन्य मुलुकमा पलायन हुनसक्ने प्रलोभनमा परेर नेपालीहरु गैरकानुनी रुपमा त्यहाँ प्रवेश गरेको हुनसक्ने प्रारम्भिक आकलन छ ।

युक्रेनले अन्तर्राष्ट्रिय उडान र भिसा रोकेको अवस्थामा गैरकानुनी रुपमा प्रवेश गरेका व्यक्तिलाई उद्दार गर्न पनि समस्या हुने दूतावासको भनाइ छ । दूतावासले विज्ञप्ति जारी गर्दै कसैको प्रलोभनमा परेर वा स्वेच्छाले पनि युक्रेन प्रवेश नगर्न आग्रह गरेको छ।

टिप्पणीहरू