आजदेखि बडादसैँ सुरू
हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरू भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने पर्वको पहिलो दिन घटस्थापना गरिँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको शुभसाइत बिहान ९ बजेर १३ मीनेटमा रहेको छ । घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गाको आह्वानसहित नवदुर्गाको पूजा थालिँदै छ । आज पूजाकोठामा बालुवा वा माटोमा जौ, धानको जमरा राखिन्छ । आफ्नो चलनअनुसार कतिपयले मकै, गहुँको पनि जमरा राख्छन् ।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाको पूजा हुन्छ । असोज १६ गते विजयादशमीका दिन देवी विसर्जन गरेपछि मान्यजनबाट टीका र जमरा ग्रहण गरिन्छ ।
काठमाडौंको हनुमानढोका दरबार, गोरखाको प्राचीन दरबारमा रहेको दसैँ घरमा पनि आजै घटस्थापना गरिँदै छ । दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत मनाइन्छ ।
टिप्पणीहरू