पूर्व राष्ट्रपतिका लागि भाडाको घर खोज्ने क्रम तीव्र
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवासका लागि भाडाको घर खोज्ने क्रम जारी छ । जेन जी ध्वंसको क्रममा भदौ २४ गते अराजक युवाहरुको समूहले भंगालस्थित भण्डारीको घर आगो लगाएर जलाइएदिएका थिए ।
सैनिक सुरक्षा घेराबाट बाहिरिएपछि भण्डारी र सहयोगीहरुले सहुलियत दरमा भाडाको घर खोजी गरे पनि अझै भेटिएको छैन । शुरुमा नयाँ बानेश्वर क्षेत्रमा खोजिएको थियो तर अहिले बालुवाटार क्षेत्रमा खोजी जारी रहेको निकटस्थ स्रोतले बतायो । ‘अहिले छोरीको घरमा बसिरहनुभएको छ’, ती नेताले भने, ‘नयाँ बानेश्वरतिर नभेटिएपछि बालुवाटारतिर खोजिरहेका छौँ ।’
पूर्व राष्ट्रपति भण्डारीसँग केही सुरक्षाकर्मी समेत हुने भएकाले नयाँ घर खोज्नैपर्ने अवस्था आएको छ । ‘एक्लो ज्यान भएको भए जहाँ बसे पनि हुन्थ्यो, तर सुरक्षा थ्रेटको कुरा पनि आउँछ, उहाँसँगै सुरक्षाकर्मी बस्ने ठाउँ पनि चाहिन्छ, त्यसैले घर लिनैपर्ने अवस्था छ’, ती नेताले थपे ।
जेन जी प्रदर्शनपछि भण्डारीले आफन्तबाहेक कोही नेता र कार्यकर्तासँग भेटघाट गर्नुभएको छैन । पर्सि बानेश्वर नजिकैको थापागाउँस्थित मदन भण्डारी फाउण्डेशनको कार्यालयमा जाने कार्यक्रम तय भएको छ । त्यहाँ उहाँको सम्पर्क कार्यालय समेत छ ।
टिप्पणीहरू