विपन्न र निमुखाको सहारा बनिरहेका विनाेद
रुपन्देहीको तिलोत्तमा–१७, दरसखवामा एकल लगानीमा अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान रंगशाला निर्माण गरिरहेका आइटी इन्जिनियर तथा व्यवसायी विनोद कुँवरले आफ्नो जन्मगाउँ मदाने गाउँपालिका–५ म्यालपोखरीका दलित तथा विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएका छन्।
बिगत चार वर्षदेखि उनले दशैँको मुखमा त्यहाँका निमुखा परिवारलाई खाद्यान्न वितरण गर्दै आएका छन्। यस वर्ष पनि विनोद कुँवर र उनकी पत्नी सुदिक्षा गौतमको उपस्थितिमा एक कार्यक्रममार्फत १६० जनालाई खाद्यान्नसहित नून र तेल वितरण गरिएको स्थानीय शिक्षिका पार्वता सेनले बताइन्।
बिगत चार वर्षदेखि निरन्तर चल्दै आएको भाइको यस अभियानले गाउँका निमुखा तथा विपन्न वर्गलाई चाडपर्वमा केही राहत पुर्याउँदै आएको र यसले परिवारलाई पनि खुसी तुल्याएको विनोदका जेठा दाजु वसन्त कुँवरले बताए।
कार्यक्रममा वडा अध्यक्ष प्रेम सेनसहित स्थानीय जनप्रतिनिधि, शिक्षक र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। विनोदकी आमा कमला कुँवर मदाने गाउँपालिका कार्यपालिका सदस्यसमेत हुनुहुन्छ।
टिप्पणीहरू