शीतल निवासमा कन्यापूजा

शीतल निवासमा कन्यापूजा

राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा नौ जना कन्याको पूजा गर्नुभएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका नौ कन्यालाई उहाँले परम्परानुसार पूजा गर्नुभएको हो। प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले कन्यापूजा गर्ने प्रचलन छ।

टिप्पणीहरू