अबको केहीबेरमा ५४ बोका र ५४ राँगाको बलि

अबको केहीबेरमा ५४ बोका र ५४ राँगाको बलि

महानवमीको रातमा पनि हनुमान ढोकाको मूलचोक नजिकै ५४ बोका र ५४ राँगाको बलि दिन लागिएको छ । गएराति कालरात्रिमा समेत यसैगरी बलि दिइएको थियो ।

भोलि नयाँ कुमारी आर्यताराले सर्वसाधारणलाई बिहान ११ बजेपछि विजया दशमीको टीका लगाइदिने कार्यक्रम छ । त्यसअघि आज महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइन्छ । 

त्यसअघि जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । कुमारीलाई पनि भवानीको प्रतीकका रूपमा विशेष सम्मान गरिन्छ ।

टिप्पणीहरू