विप्लवको निश्कर्ष : एमालेको १५–२०, प्रचण्डको २ सिट
आफ्नै अतिवादको अहंकारले ढलेका प्रमुख दलहरूको सम्भावित शक्ति लेखाजोखा गर्दै विप्लव नेतृत्वको नेकपा एमालेले १५ देखि २० र प्रचण्ड नेतृत्वले जम्मा दुई सिट जित्ने भविष्यवाणी गरेको छ । भदौ २३ गते बिहानदेखि बसेको बैठकले यस्तो निश्कर्ष निकालेको विप्लव नेकपाका एक नेताले जानकारी दिए ।
जेन जी समूहले भदौ २३ र २४ गते उथलपुथल नै हुने गरी आन्दोलन छेड्दा विप्लवको पार्टी कपिलवस्तुमा छलफलका लागि जम्मा भइसकेको थियो । यही छलफलले ‘पुरानो विचार, पुरानो राजनीति, पुरानै नेताबाट हुँदैन’ भन्ने निश्कर्ष निकाल्यो । अनि अब आफू नै तयार हुनुपर्ने सारमा पुग्यो ।
परम्परागत दलप्रति शहरी जनताको मन भाँडिन थालेको निश्कर्ष निकाल्दै विप्लवको पार्टीले प्रमुख दललाई कठिन पर्ने हिसाब निकालेको हो । आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेपछि विप्लव माओवादीको विश्लेषण छ, ‘अब पुराना दलको सिट संख्या झ्याप्पै घट्छ । प्रचण्डको दुई सिट, १५–२० मा एमाले आउँछ ।’
नियमित अवस्थामा विप्लवले पनि चुनावमा भाग लिने सार्वजनिक गर्दै आएका थिए । तर फेरिएको परिस्थितिमा भने उनीहरू पनि अब के गर्ने भन्ने अन्यौलमा पुगेका छन् । तीन सय २२ मध्ये दुई सय ५ पूर्ण सदस्यसहितको केन्द्रीय कमिटी बैठकले यस्तो निश्कर्ष निकालेको हो ।
टिप्पणीहरू