जताततै वर्षा, राजमार्ग अवरुद्ध

जताततै वर्षा, राजमार्ग अवरुद्ध

रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागका राजमार्गहरु अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्डमा पहिरो खसेका कारण रातिदेखि यातायात पूर्ण रूपमा रोकिएको छ ।

धादिङको जवाङ खोलामा र नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार जवाङ खोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षाका कारण पहिरो पन्छाउन सकिएको छैन । 

गएरातिदेखि मुलुकका अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । कास्की जिल्ला प्रशासनले कम्तीमा पर्सिसम्म पदयात्रामा नजान, गएकालाई पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

टिप्पणीहरू