भुसाल समूहको छुट्टै जेन-जी भेला, कात्तिक १४ को अल्टिमेटम
आफूलाई समाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले जेन-जी भेला गर्न लागेका छन् ।
जेन-जी आन्दोलन ठिक एक महिना पुगेको दिन असोज २३ र २४ गते काठमाडौँमा राष्ट्रिय भेला बोलाएका हुन् । भेलालगत्तै पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गर्ने जानकारी दिइएको छ ।
काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहले विदेशी शक्तिको आडमा आन्दोलन हाइज्याक गरेको भन्दै असन्तुष्ट रहँदै आएका भुसालले जेन-जीमा छुट्टै समूह बनाएका छन् । यो समूहले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहित विभिन्न माग अघि सारेको छ ।
भदौ २३ को प्रदर्शन दमन गर्नेहरुलाई यथाशीघ्र पक्राउ, भ्रष्टाचारीमाथि कारवाही र अन्तरिम संविधान जारी गर्ने वातावरण बनाउन भुसाल समूहले सरकारलाई कात्तिक १४ गतेसम्मको अल्टिमेटम यसअघि नै दिएको थियो । उक्त माग पूरा नभए कात्तिक १६ गतेदेखि आन्दोलन थाल्ने पुन: चेतावनी दिइएको छ ।
टिप्पणीहरू