माडागास्कर र मोरक्कोमा पनि उस्तै वितण्डा

माडागास्कर र मोरक्कोमा पनि उस्तै वितण्डा

जेन जीको नाममा नेपालपछि अफ्रिकी राष्ट्र माडागास्कर र मोरक्कोमा पनि वितण्डा मच्चाइएको छ । त्यहाँ पनि नयाँ डिजिटल प्लेटफार्मको प्रयोग गरेर आन्दोलनलाई उग्र बनाइएको बताइन्छ । 

माडागास्करमा जेन जी माडागास्कार र लुज मुभमेन्ट डिजिटल प्लेटफर्ममार्फत् संगठित भएर वितण्डा मच्चाइएको छ । नेपालमा झैँ कुनै राजनीतिक दल वा व्यक्तिको नेतृत्व नरहेको अमुक भ्रष्टाचार र भविष्यको अनिश्चितताविरुद्ध प्रदर्शन गरेका छन् ।

राष्ट्रपति एन्ड्री राजोएलिनाले मन्त्रीमार्फत् आफ्ना भनाइ राखेपछि सामाजिक सञ्जालमा युवाहरूले त्यसलाई व्यंग्य गरेर आन्दोलन चर्काएका हुन् ।

उता, मोरक्कोमा पनि हजारौं युवाले नेपालमा झैँ डिस्कर्ड प्लेटफर्म प्रयोग गर्दै सडकमा विरोध प्रदर्शन गरेका छन् । आन्दोलनमा तीन जनाको मृत्यु भएको सरकारी भनाईपछि परिस्थिति झन् चर्केको छ । त्यहाँ पनि प्रदर्शनकारीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र समानताको माग राखेका छन् ।

आन्दोलनकारीको माग सतहमा जायज देखिए पनि वास्तविकता नेपालमा झैँ ती मुलुकमा पनि पश्चिमा शक्ति राष्ट्रहरुको स्वार्थपूर्तिका लागि समाजलाई अस्थिर बनाउनु रहेको विश्लेषण गरिएको छ ।

 

टिप्पणीहरू