वर्षाले झण्डै एक दर्जनको मृत्यु, सवारी आवागमन ठप्प
गएरातिदेखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । देशभरको खोलानालामा पानीको बहाव बढ्दा धेरै धनजनको क्षति भइसकेको छ । पाँचथरको तमुरमा गाडी नदीमा खस्दा झण्डै ६ जनाको निधन भएको छ । उता, सिन्धुलीमा बोलेरो बगाउँदा तीन जनाको ज्यान गएको छ ।
काठमाडौं उपत्यका छिर्ने सबै नाका बन्द गरिएको छ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा आधा दर्जन स्थानमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । अन्य राजमार्ग पनि बन्द अवस्थामा छ । उपत्यकामै बाढीको ठूलो प्रकोप देखिएको प्रहरीहरु बताउँछन् ।
मौसमविद्को आंकलनअनुसार तीन दिन निरन्तर पानी परेमा ठूलो विध्वंश हुने उनीहरुको भनाइ छ । गत वर्षको असोज १०, ११ र १२ गते पानी पर्दा उपत्यकासहित विभिन्न जिल्लामा धेरै क्षति भएको थियो । अहिलेको पानीले पनि वितण्डा मच्चाउने देखिएको छ ।
सरोकारवाला निकायले यात्रामा ननिस्किन र सुरक्षित ठाउँमा बस्न अनुरोध गरेको छ ।
टिप्पणीहरू