पार्टी प्यालेसको खोजीमा एमाले, माओवादी कमलादीमा
नेकपा एमालेले असोज २६ देखि २९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । जेन जी प्रदर्शन र विध्वंशपछि पार्टी पुनर्गठनको दबाब झेलिरहेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेका हुन् ।
तर, असोज १२ गते सचिवालय बैठकले केन्द्रीय कमिटी डाक्ने निर्णय गरे पनि अहिलेसम्म स्थानको टुंगो लागेको छैन । भदौ २४ गते प्रदर्शनकारीले च्यासलस्थित एमाले मुख्यालयमा तोडफोड र आगजनी गरेपछि अहिले उक्त भवन खण्डहर अवस्थामा छ । त्यहाँ तत्काल बैठक राखिहाल्ने अवस्था छैन ।
एक नेताका अनुसार केन्द्रीय कमिटी बैठकका लागि सचिवालयले उपयुक्त पार्टी प्यालेस खोजिरहेको छ । दुई चार दिनमा पार्टी प्यालेस टुंगो लाग्ने र त्यही अनुसार सदस्यहरूलाई सूचना पठाउने तयारी छ ।
नेकपा माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बसेको थियो । माओवादीको केन्द्रीय कमिटी निकै ठूलो भएकाले पेरिसडाँडास्थित मुख्यालयमा अहिलेसम्म बैठक बसेको छैन ।
टिप्पणीहरू