एमालेलाई खरानीबाट उठाउन यसरी दिइयो सुझाव

एमालेलाई खरानीबाट उठाउन यसरी दिइयो सुझाव

एमाले कार्यकर्ताले पार्टी संगठनलाई पतनबाट जोगाउन विस्तृत रोडम्याप तयार पारेका छन्। असोज २७–२९ का दिन बोलाइएको केन्द्रीय समिति बैठकअघि बाँडिएको रोडम्यापमा कार्यकर्ताले पार्टीभित्र तत्काल सुधारका केही बुँदाबारे विस्तृत रुपमा उल्लेख गरेको पाइन्छ । 

जसअनुसार महाधिवेशन आगामी मंसिरमै गर्नुपर्ने,निर्वाचन खुला राख्ने, अध्यक्षदेखि वडा सदस्यसम्म जो कसैले लड्न पाउने,अध्यक्ष कार्यकारी नहुने, नयाँ पुस्तालाई अगाडि ल्याउने र पार्टीलाई मास बेस्ड बनाउनुपर्ने जस्ता सुझाव अघि सारिएका छन् ।

संगठनात्मक अनुशासन कडा गर्नुपर्ने, वडा कमिटीको असन्तुष्टि अध्यक्षसम्म सिधा लैजान रोक्ने,पार्टी अध्यक्षको पहुँच सीमित गर्ने परिपाटी अन्त्य गरी केन्द्रीय कमिटी वा विषयगत विज्ञसँग मात्र भेट गर्न दिनपर्ने रोडम्यापमा उल्लेख छ।

त्यसैगरी नेताहरुको सम्पत्ति छानबिन र शुद्धीकरण थाल्नुपर्ने,सरकारमा पुगेपछि सबैलाई काममा लगाउने,पार्टी अध्यक्ष र प्रधानमन्त्री छुट्टै व्यक्ति हुनुपर्ने,पार्टी र सरकारको जिम्मेवारी सामूहिक रूपमा बाँड्ने जस्ता मापदण्ड कार्यान्वयन गर्न सुझाव पनि दिइएको छ ।

ती कार्यकर्ताले सामाजिक सञ्जालमा चेतावनी दिएका छन् : यदि यी कुरामा सुधार नगरे पार्टीको इतिहास केवल पतनको कथामा सीमित हुनेछ ।

टिप्पणीहरू