काँग्रेस होटलमा, एमाले चोकमा
नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे डाकिएको पदाधिकारी बैठक ललितपुरको कोपुण्डोलस्थित होटल हिमालयमा राखिएको छ । भदौ २४ गतेको विध्वंशमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, सभापतिको बूढानीलकण्ठस्थित निजी निवासलगायत अन्य धेरै नेताको घर र पार्टी कार्यालयहरु लुटेपछि जलाएर खरानी बनाइएको थियो ।
सो क्रममा सभापति देउवा र उनकी श्रीमती तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजू राणा देउवामाथि जेन जी आन्दोलनकारीको नाममा सांघातिक आक्रमण गरिएको थियो ।
उता एमाले भक्तपुरले विशेष भेटघाट कार्यक्रम राखेको छ । अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बिहान ११ बजे समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम राखिएको बताइ पनि अहिले महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाउन लागिएको छ ।
कार्यक्रमस्थल भक्तपुरको गुन्डुस्थित तिथली चोक तोकिएको छ ।
टिप्पणीहरू