बालेन र सुधनविरुद्ध ‘नक्कली जेनजी’ आवरणमा विध्वंश मच्चाएको आरोप, राजद्रोह मुद्दाको माग

बालेन र सुधनविरुद्ध ‘नक्कली जेनजी’ आवरणमा विध्वंश मच्चाएको आरोप, राजद्रोह मुद्दाको माग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ संस्थाका अगुवा सुधन गुरुङविरुद्ध राजद्रोह मुद्दाको माग गर्दै प्रहरीमा निवेदन दिइएको छ । युवराज पौडेल सफलले हुलाकमार्फत् पठाएको निवेदन मुलुकी अपराध संहिता, २०७४ को दफा ५०(१) बमोजिम रहेको बताइएको छ । 

जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंमा हिजो हुलाकबाट पठाइएको निवेदनमा  बालेन साह र सुधन गुरुङलाई राजद्रोहमा संलग्न देखाउँदै २५ वर्षसम्म कैद सजायको माग गरिएको छ।

सफलका अनुसार गुरुङले ‘नक्कली जेन जी नेता’ बनेर देशभर विध्वंश मच्चाउन भूमिका खेलेको र मेयर साहले समेत सामाजिक सञ्जालमार्फत ‘नक्कली जेन जी’ बनेर उत्पात मच्चाउन प्रमुख भूमिका खेलेका हुन् ।

 

टिप्पणीहरू