नयाँ गुप्तचर प्रमुखलाई नयाँ दिल्ली पठाइँदै
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का नवनियुक्त प्रमुख टेकेन्द्र कार्कीसहितको टोलीलाई अर्को हप्ता नयाँ दिल्ली पठाउन लाग्नुभएको छ । भारतको अन्तर्राष्ट्रिय मामिला हेर्ने गुप्तचर संस्था ‘रअ’ का प्रमुख पराग जैनसङ्ग सम्बन्ध राम्रो बनाउन असोज २८ गते मङ्गलबार अर्थात अक्टोबर १४ का दिन ३ सदस्यीय टोली पठाइन लागेको हो । टोली ३ दिन उतै रहनेछ ।
प्राप्त जानकारीअनुसार टोलीमा कन्ट्रोल हेर्ने डिआईजी कृष्ण खनाल र भक्तपुरका एसपी टेकराज तिमिल्सिना पनि रहनेछन् । यसअघिका प्रमुख हुतराज थापाको पालामा पनि एसपी तिमिल्सिना सङ्गै जापान गएका थिए ।
स्रोतका अनुसार "र" ले नयाँ प्रमुखसँग चिनारी भेट गर्नेछ । नयाँ प्रमुखसँग राम्रो सम्बन्ध बनाएर "र" ले दुई देशवीच सूचना आदानप्रदानमा सहज वातावरण निर्माण गर्न खोजेको स्रोतको जिकिर छ ।
टिप्पणीहरू