मतदाता नामावलीमा दर्ता हुन एमाले विद्यार्थीलाई आह्वान

मतदाता नामावलीमा दर्ता हुन एमाले विद्यार्थीलाई आह्वान

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो फागुन २१ गते तोकिएको निर्वाचनका निम्ति मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन मातहतका विद्यार्थीलाई आह्वान गरेको छ ।

अनेरास्ववियुका महासचिव दिपक धामीले आज सर्कुलर जारी गर्दै कमिटी मातहतका विद्यार्थीलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेका हुन् । 

भनिएको छ, ‘निर्वाचन आयोगले २०८२ फागुन २१ गतेलाई निर्वाचन मिति तोकेको र फागुन २० गतेसम्म १८ वर्ष पुरा हुने नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने निर्णय भएको हुँदा मतदाता सूचीमा नाम दर्ता वा अद्यावधिक गर्न बाँकी सम्पूर्ण कमरेडहरुले निर्वाचन आयोगले तोकेको प्रक्रियाअनुसार मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरिन्छ ।’ उक्त कार्यमा सहजीकरण गर्न पनि कमिटीहरुलाई निर्देशन दिइएको छ ।

टिप्पणीहरू