‘भ्रष्ट’सङ्ग हेलिकप्टरमा नउड्नोस् है पूर्वप्रधानन्यायाधीशज्यू !
दर्जनौं भ्रष्टाचार काण्डमा जोडिएका नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी यतिबेला अख्तियार हाल्नै लागेको मुध्दाबाट जोगिन अनेकौं उपाय गरिरहेका छन् । कसैलाई हात लिएर हुन्छ कि अन्य तिकडम गरेर,उनी निदाएकै छैनन् ।
यसैबीच,उनले एक जना पूर्वप्रधानन्यायाधीशलाई फसाउन खोजेको खुलेको छ । कारबाहीबाट उम्किन उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले समेत गुरु मान्ने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई मोहोरा बनाउन बल गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अध्ययन तथा छानबिनका लागि सार्वजनिक लेखा समितिले तत्कालीन सांसद् राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठन गरेको उपसमितिले ठूलो भ्रष्टाचार गरेवापत अधिकारीमाथि कारबाहीको निम्ति सिफारिस गरेको छ । प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेको छ ।
यता,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब १० अर्ब,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १२ अर्ब, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा ४० करोड रुपैयाँलगायत अन्य थुप्रै विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गर्न लाग्दैछ । यसैबीच, अधिकारी पूर्वप्रधानन्यायाधीश श्रेष्ठसहितलाई लिएर हिमाली भेग लुक्ला पुगेको पाइएको छ ।
उनले ‘आफू बाहिर भएको र आइतबार कार्यालय आएर कागजात दिने’ भनेपछि अख्तियारको टोली कागज बुझाउने कि तपाईंहरुलाई पनि समातेर लाने भनी कड्किएको थियो ।
असोज २३ गते बिहिबार उनीहरु फिस्टेल एअरको हेलिकप्टरमार्फत लुक्ला गएका हुन् । टोलीमा उनीहरुसहित एअरका मालिक तथा वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की,तारा–यति एअरलाइन्सका मालिक फुर्वा ग्याल्जेन शेर्पा थिए । स्रोतका अनुसार अर्का एक जना बिचौलिया पनि सँगै गएका थिए । उनीहरु २३ गते राति बसेर २४ गते ११ बजे नै काठमाडौं फर्किए ।
उनीहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठ जानुलाई राम्रो मानिएको छैन । श्रेष्ठलाई रिझाएर अधिकारीले आफ्नो मुद्दा रोक्न खोजेको हुनसक्ने स्रोतको अनुमान छ । स्रोत भन्छ,‘मुद्दा दायर हुनै लाग्दा पूर्वप्रधानन्यायाधीशलाई घुमाउन लिएर जानुको पछाडि ठूलै खेल छ । उनले पूर्व प्रधानन्यायाधीशमार्फत कार्कीलाई भनेर मुद्दा दर्ता हुनबाट रोक्न खोज्दैछन् । पूर्वप्रधानन्यायाधीश त्यसमा सचेत हुनुपर्छ ।’
क्यानमा अख्तियारको छापा
अधिकारी लुक्लामा भएकै बेला अख्तियारले सिनामंगलस्थित क्यानको कार्यालयमा छापा मारेको छ । असोज २४ गते अख्तियार कागजात लिनका लागि क्यानको कार्यालयमा पुगेको थियो । कर्मचारीहरुले महानिर्देशक नभएको बताएपछि अख्तियारको टोलीले अधिकारीलाई फोन गर्यो । जवाफमा उनले ‘आफू बाहिर भएको र आइतबार कार्यालय आएर कागजात दिने’ भनेपछि अख्तियारको टोली कागज बुझाउने कि तपाईंहरुलाई पनि समातेर लाने भनी कड्किएको थियो ।
टिप्पणीहरू