नेपाली सेनालाई विदेशमा स्वर्ण
संयुक्त अधिराज्य बेलायतमा भएको क्याम्ब्रियन पेट्रोल अभ्यास, २०२५ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । बेलायतको वेल्स, बेक्रनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सैनिक टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अभ्यासमा ३३ राष्ट्रका एक सय १७ वटा टोलीको सहभागिता थियो । दुई दिनभित्र हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दुरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको तयारी, सूचना संकलन, घाइते बिरामीको व्यवस्थापनलगायत दक्षताको परीक्षण गरिन्छ ।
सोही अभ्यासमा नेपाली सैनिक टोली सर्वोत्कृष्ट भएको हो । सन् १९६० बाट वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यो अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ । सेना सहभागी भएयता सन् २०१७, २०१९ र २०२४ स्वर्ण पदक जितेसकेको छ ।
टिप्पणीहरू