बालेनले किसानको अपमान गरेकाले माफी माग्नुपर्ने महासंघको ठहर

बालेनले किसानको अपमान गरेकाले माफी माग्नुपर्ने महासंघको ठहर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले किसानको अपमान गरेको भन्दै अखिल नेपाल किसान महासंघले माफी माग्न चेतावनी दिएको छ । बालेनले गएराति आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा किसानलाई फोहोर भनिएकोप्रति खेद व्यक्त गरिएको छ । 

महासंघले विज्ञप्ति जारी गर्दै उनलाई आफ्नो स्टाटस हटाउन र किसानसँग माफी माग्न माग गरेको छ । मेयरजस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट यस्तो अपमानजनक भनाइ व्यक्त हुनुले किसानको स्वाभिमानमा चोट पुगेको महासंघको ठहर छ । 

‘मुलुकको प्रमुख र आधारभूत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्नेगरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्र्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफी माग्न सूचित गरिएको छ ।’ अन्यथा, उनीविरुद्ध थप कदम उठाउने महासंघको चेतावनी छ ।
 

टिप्पणीहरू