जेनजी अभियन्ता शाहीका एकपछि अर्काे कर्तुत

जेनजी अभियन्ता शाहीका एकपछि अर्काे कर्तुत

आफूलाई जेनजी अभियन्ता भन्दै सरकारी कार्यालयका कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाहीले ठगेका पीडितहरु खुल्न थालेका छन् । पीडितहरुले सामाजिक सञ्जालमार्फत उनका कर्तुतहरुको भण्डाफोर गरिरहेका छन् । पीडित श्रीकृष्ण फुँयालले टिकटकमा लाइभ आएर शाहीले लाखौं रुपैयाँ ठगेको खुलासा गरेका छन् । 

फुयाँलका अनुसार डेढ वर्षअगाडि शाही र उनको टिमसँग भेटघाट भएको हो । अनलाइन टिभी चलाउँदै आएका फुँयालको रुमबाट उनीहरुले दुई वटा क्यामेरा,लाइभ स्ट्रिमलगायतका उपकरण लगे । त्यतिबेला फुयाँलको हातमा एक लाख ८० हजार र दुई लाख रुपैयाँको चेक थमाइदिए । बाँकी केही समयपछि दिने भनेर सम्पर्कमै आएनन् । 

फुँयाल सो चेक साट्न बैंकमा जाँदा खातामा एक रुपैयाँ पनि थिएन । उनले सम्पर्क गरेकोमा शाहीले ‘कोरियामा भयंकर कार्यक्रम गरिरहेको र तपाईँ पनि जाने कि’ भनेर प्रस्ताव राखे । फुँयालले आफू विदेशमै बसेर नेपाल आएकाले नजाने बताए । फर्किएर पैसा फिर्ता दिने भनेकोमा उनीहरुले सम्पर्क नै गरेनन् ।

सुरेन्द्र सई साबले यसको पहिले पनि गाडीको केस छ’,भनेका छन्,‘हामीले त्यो बेलामा पनि मिलाएर पठाएको । २० लाखको चेक त्यो बेलामा पनि लफडा परेको थियो । त्यो चिठ्ठी लिएर वैदेशिक रोजगार गएँ । वैदेशिक रोजगारमा पनि उनलाई चेक बाउन्सको केस पर्यो ।’

उनले बारम्बार शाही र उनको टिमलाई सम्पर्क गरे तर फोन उठाएनन् । यता, फुँयाललाई घरधनीले निकालिदिए । त्यसपछि त्यो घर नफर्किएको फुँयाल बताउँछन् । उनले शाहीविरुद्ध प्रहरी वृत्त,महाराजगञ्जमा चेक बाउन्सको मुद्दा दायर गरे । शाहीलाई खोज्ने क्रममा वैदेशिक रोजगार विभागको हिरासतमा भेटेको बताउँदै फुँयालले उनीविरुद्ध थुप्रै उजुरी परेको पाइएको जनाएका छन् । 

‘खोज्दै जाँदा मैले उनलाई वैदेशिक रोजगार विभागमा भेटेँ । कोरिया पठाउने भनेर ठगेको आरोपमा समातेको रैछ । चेक बाउन्सको मुद्दा मैले महाराजगञ्जमा हालेको थिएँ, महाराजगञ्जलाई जानकारी गराएँ । सुरेन्द्र सई साबले यसको पहिले पनि गाडीको केस छ’,भनेका छन्,‘हामीले त्यो बेलामा पनि मिलाएर पठाएको । २० लाखको चेक त्यो बेलामा पनि लफडा परेको थियो । त्यो चिठ्ठी लिएर वैदेशिक रोजगार गएँ । वैदेशिक रोजगारमा पनि उनलाई चेक बाउन्सको केस पर्यो ।’ 

उनी साढे पाँच महिना कालिमाटी प्रहरीको हिरासतमा बसेर निस्किएको फुँयालको जिकिर छ । हिरासतमुक्त भएपछि फरार भए । अचानक जेनजी आन्दोलनमा अग्रपंक्तिमा देखेपछि ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ्गलाई सम्पर्क गर्न खोजे पनि नसकेको उनको गुनासो छ । जेनजी आन्दोलनको दुई साताअगाडि मात्र उनी धरौटीमा छुटेको जनाउँदै फुँयालले आवश्यक परेमा सम्पूर्ण प्रमाण उपलब्ध गराउने बताएका छन् ।

https://www.tiktok.com/@govinda.chaulagai50/video/7561080969017560328

टिप्पणीहरू