राप्रपा बैठक एक महिना पछि

राप्रपा बैठक एक महिना पछि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक अर्को महिना बस्ने भएको छ । कात्तिक २७ र २८ गते काठमाडौंमा बैठक बस्ने तय भएको हो । 

सो बैठकले महाधिवेशनको मिति तोक्ने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,‘केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २७ र २८ गते काठमाडौंमा बस्ने, केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन मिति तोक्ने ।’

टिप्पणीहरू