गुण्डु पुगेकी एमाले नेत्रीलाई घाटा मात्रै

गुण्डु पुगेकी एमाले नेत्रीलाई घाटा मात्रै

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन संघारमा आइपुगेपछि अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा नेताहरुको लर्को लाग्न थालेको छ । उनीहरु महाधिवेशन प्रतिनिधिको आकलनदेखि पार्टीका विभिन्न पदबारे जान्न, माग्न त्यता पुग्ने गरेका हुन् । 

यसबीच एमाले नेतृ सरस्वती सुब्बा पनि गुण्डु पुगेर फर्किएपछि केन्द्रीय सदस्य बन्न लागेको धेरैको दावी छ । सर्लाही घर भएकी उनी तत्कालीन प्रतिनिधि सभा सदस्य थिइन् । सुब्बाले गृह जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन नभएपछि गुण्डुमा ‘जसरी भएपनि प्रतिनिधि बन्नुपर्यो’ भन्दै स्पष्टसँग कुरा राखेको बताइन्छ । 

सुब्बा केही दिनघि सूर्य थापालाई लिएर गुण्डु पुगेकी हुन् । त्यहाँ उनले जिल्लामा भएको महाधिवेशन प्रतिनिधि छनौटका सबै पक्ष सविस्तार गरेकी थिइन् । जवाफमा ओलीले राजनीतिमा ‘यस्तो भैहाल्छ,म छु चिन्ता नगर !’ भन्दै मनोनीत महाधिवेशन प्रतिनिधि बनाउने संकेत गरेपछि ढुक्क भएर फर्केको बुझिएको छ । 

तर संसद विघटनपछि उनका अति निकटस्थ एकजना पुरुष मित्रले अनेक ‘टर्चर’ दिन थालेको सुब्बालाई नजिकबाट चिन्नेहरुको भनाइ छ । विशेषगरी सांसद पद गएपछि ती मित्रले रौद्ररुप देखाउन थालेका छन् ।

गत वर्ष पुस अन्तिम साता सुब्बाले पोखरामा रात्रिभोजपछि अनेक कुरा बोलेर बवण्डर मच्चाएकी थिइन् । तत्कालीन प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको तर्फबाट अनुगमनमा गएकी उनले ‘होटल ओपन हाउस’मा खानपिनपछि विभिन्न पार्टीका नेताहरुको निजी जीवनबारे तथानाम बोलेको उद्धृत गर्दै रास्वपा नेतृ विनिता कठायतले समितिमा उजुरीसमेत हालेकी थिइन् । 

टिप्पणीहरू