ओलीले छोडे प्रचण्ड मिल्न तयार

ओलीले छोडे प्रचण्ड मिल्न तयार

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता हुनसक्ने संकेत गरेका छन् । 

धादिङको बेनिघाट रोराङमा आयोजित एक कार्यक्रममा उनले केपी शर्मा ओलीले नेतृत्व छोडे एमालेसँग एकता हुनसक्ने बताएका हुन् । उक्त सम्भावनाबारे बोल्दै प्रचण्डले भने, 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।'

उनले तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिएका छन् । पार्टीका नेता-कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले अब चुनाव केन्द्रित रहेर पार्टीका गतिविधि अघि बढाउने पनि स्पष्ट पारे ।

युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको दाबी गर्दै उनले जेन जी युवाहरुसँग पनि छ्लफल भैरहेको बताए । 'युवाहरूले माओवादी नै सहि रहेछ भन्ने बुझ्नुभएको छ', प्रचण्डले भने । 

उक्त भेटघाटमा उनले पार्टीका नेता-कार्यकर्तालाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका थिए ।

टिप्पणीहरू