प्रसाईंलाई अध्यक्ष बनाएर बुद्ध एयरका मालिकले खोले पार्टी

प्रसाईंलाई अध्यक्ष बनाएर बुद्ध एयरका मालिकले खोले पार्टी

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत सक्रिय राजनीतिमा होमिएका छन् । बस्नेतसहित दिनेश प्रसाईं, पियुप्रसाद कायस्थ लगायतले ‘गतिशिल लोकतान्त्रिक पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता गराएका हुन् । 

बताइएअनुसार पार्टीका पदाधिकारी चुनाव लड्न नपाउनेगरी विधान बनाइएको छ । प्रसाईं अध्यक्ष रहेको पार्टीमा बस्नेत सदस्य छन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने उद्धेश्यले बस्नेत सदस्यमै कायम रहेको बताइएको छ । 

आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ दल दर्ताको लागि कात्तिक ३० गतेसम्मको समयसीमा दिएपछि यतिबेला विभिन्न समूहहरु राजनीतिक दलमा रुपान्तरण भइरहेका छन् ।
 

टिप्पणीहरू