एमालेलाई रचनाका १० बुँदा

एमालेलाई रचनाका १० बुँदा

नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा धारणा राख्ने क्रम जारी छ। केन्द्रीय सदस्य रचना खड्काले १० बुँदे धारणा प्रस्तुत गर्दै पार्टी भित्रका संरचनागत सुधार, नेतृत्व व्यवस्थापन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सुझाव दिएकी छन्।

उनले विशेष रूपमा पार्टी संकटको अवस्थालाई बुझेर वस्तुनिष्ठ समीक्षा र निर्णयमार्फत अनुकूल वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । खड्काका अनुसार पार्टीभित्रको दोष मात्र देखाएर बाहिरी खतरासँग सामना गर्न नसकिने भएकाले नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक रहेकोमा उनको जोड छ ।

यी हुन् उनका १० बुँदा

२०७७ को प्रतिनिधिसभा विघटन र हालको अवस्था फरक रहेकाले पार्टी एक्लैले चुनावमा नजाने निर्णय गर्न सक्दैन; काङ्ग्रेससँग सहकार्य अनिवार्य छ।

पार्टी नेतृत्वमा एउटै पुस्ताले मात्रै लामो समय कब्जा गर्नु न्यायसंगत छैन; प्रत्येक पुस्ताले नेतृत्व गर्ने अवसर पाउनु पर्छ।

नेतृत्वको दुई कार्यकाल र उमेर सीमा पुनःव्यवस्था गरेर पार्टीलाई अस्थायी व्यक्तिमा स्थायी मान्ने मानसिकता परिवर्तन गर्नुपर्छ।

मुलुकमा भइरहेको राजनीतिक षड्यन्त्र र पार्टी अस्थिरता विरुद्ध एमाले नै बलियो विकल्प हो; अध्यक्ष पार्टीको अभिभावक भएर बस्नुपर्छ।

पूर्व उपाध्यक्ष विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण खुला गरिनु पर्छ; व्यक्तिगत आरोप वा मुद्दा बाहेक सदस्यता रद्द गर्नु राम्रो उदाहरण होइन।

पार्टी सुधार र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनु अहिलेको परिस्थितिमा सबैभन्दा ठूलो चुनौती भएकाले यसका लागि स्पष्ट समीक्षा, नेतृत्व व्यवस्थापन र खुला संवाद आवश्यक छ ।

टिप्पणीहरू