दोहोरो रणनीतिमा एमाले

दोहोरो रणनीतिमा एमाले

नेकपा (एमाले)ले आगामी निर्वाचनमा सहभागी हुने भए पनि संसद पुनःस्थापनाको एजेण्डा नछाड्ने बताएको छ । ललितपुरको रामबाघ महल पार्टी प्यालेसमा हिजोदेखि जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन भएको छलफलबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संसद पुनःस्थापनाको अडान कायमै रहेको बताए ।

संसद पुनःस्थापनाको पक्षमा लाग्दा चुनावबाट भागेको अर्थ लगाउन नहुने गौतमको भनाई छ । ‘हामीले निर्वाचनमा भाग लिँदैनौं भनेका छैनौँ’, उनले भने, ‘सरकारले नै राजनीतिक दललाई निषेध गर्ने, अनावश्यक धाकधम्की दिनेतिर लागेको छ।’

आगामी फागुन २१ गते हुने भनिएको चुनाव असम्भवप्रायः रहेको कारण संसद पुनःस्थापनाको आवश्यता देखिएको एमालेको निष्कर्ष छ । गौतमले थपे भने, ‘अहिलेसम्म प्रधानमन्त्रीज्यूले दलहरुसँग कुनै पनि समन्वय र संवादको वातावरण बनाउनुभएको छैन, कसरी हुन्छ चुनाव ?’

टिप्पणीहरू