राष्ट्रपतिकोमा सेनापति, विद्याकोमा डोरमणी

राष्ट्रपतिकोमा सेनापति, विद्याकोमा डोरमणी

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानसेनापति अशोकराज सिग्देलले भेट गरेका छन् । सेनाका परमाधिपति पौडेलसँग भेट्न सिग्देल शीतल निवास पुगेका हुन् । 

भूतपूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पनि आजै भेट गरेका छन् । भण्डारीसँग पौडेलले दिउँसो साढे ३ बजे बालुवाटार पुगेर कुराकानी गरेको बुझिएको छ  । 

भदौ २४ गतेको विध्वंशमा भंगालस्थित निवास जलाइएपछि पूर्वराष्ट्रपति भण्डारीको बसोबार बालुवाटारको लम्टङ्गिन मार्गस्थित जेठीछोरी उषाकिरणको घरमा मिलाइएको छ ।

टिप्पणीहरू