फूल प्लाष्टिकका, करेसाबारी बाँझै

फूल प्लाष्टिकका, करेसाबारी बाँझै

- कमल भट्टराई

ताप्लेजुङमा २०७८ सालको जनगणना अनुसार एक लाख २० हजार मानिस बसोबास गर्छन्। जनसंख्याको तुलनामा यहाँको भू–क्षेत्र निकै ठूलो छ। तर वैदेशिक रोजगार र अन्य कारणले गर्दा ग्रामीण भेगमा बस्ने मानिसको संख्या दिनदिनै घटेको छ ।

पहिले खेतीपाती गरिएका प्रशस्त जमिन यतिखेर बाँझै छन्। ती ग्रामीण भेगका करेसाबारीहरूमा अहिले न तरकारी देखिन्छ, न फलफूल । तरकारी र फलफूलहरू मेची राजमार्ग हुँदै दक्षिणबाट गाडी चढेर ताप्लेजुङ पुग्ने गरेको छ ।

हुँदाहुँदै अब तिहारमा चाहिने फूल समेत प्लाष्टिकका ल्याएर घर सजाउने चलन बढेको छ। त्यही प्लाष्टिकका फूलले फुङलिङ बजार तिहारमा भरिभराउ देखिन्छ ।

टिप्पणीहरू