फेरि हिसाबकिताब गर्ने सुधनको चेतावनी
हामी नेपालका संयोजक सुधन गुरुङले पुराना राजनीतिक दलहरूले जेन जीहरूको एकता भाँड्न खोजेको आरोप लगाएका छन् ।
माइतीघर मण्डलमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा आयोजित भाइटीका कार्यक्रममा गुरुङले भने, ‘जेन जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला हामीलाई त्यो थाहा छैन ।’
उनले केही नेताहरू जेन जीको एकता भाँडेर ‘कांग्रेस एमाले नै ठीक’ भन्ने भाष्य बनाउँदै हिँडेको आरोप लगाए । उनले सबै नेपालीलाई राजनीतिक दलभन्दा माथि उठेर एउटै झण्डामुनि गोलबन्द भएर देश विकासमा लाग्न आह्वान गरेका छन् ।
आज पनि उनले हिसाबकिताबको कुरो निकालेका छन् । ‘हामी हरेक कदमको हिसाबकिताब गर्छौं,’ उनले भने, ‘हामीलाई छुट्याउन खोज्नेहरूको शक्ति अब कमजोर छ ।’
जेन–जी नेतृत्वमा को राम्रो, को नराम्रो भन्ने भ्रम फैलाउने काममा पुराना दलका नेताहरू लागेको उनको दाबी छ । उनले नागरिकहरूलाई सोच बदल्न आग्रह गरेका छन् । तर सुधनको उक्त भनाई र आग्रहको सामाजिक सञ्जालमा चर्को विरोध गरिएको छ ।
टिप्पणीहरू