पाथीभरामा एकै दिन छ हजारबढी दर्शनार्थी
ताप्लेजुङमा अवस्थित पाथीभरा माताको दर्शनका लागि हिजो एकैदिन छ हजार बढी तिर्थालु पुगेका छन् । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पाथीभरामा दर्शनका लागि हिजो छ हजार ३९३ जना भक्तजन पुगेको बताइन्छ ।
उनीहरुले बिहान ३ बजेदेखि दिउँसो ४ बजेसम्म मन्दिरमा पूजाआजा गरेका थिए । हिजोको शनिबार पूजाका लागि राम्रो दिन भएको बताउँदै दर्शनार्थीहरु त्यहाँ गएका हुन् ।
हिजै फुङलिङ नगरपालिकाका प्रमुख, उपप्रमुख, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, वडाध्यक्षहरुलगायत सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा पूजाआज गरिएको थियो । फुङलिङ नगरपालिका र पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा सुरक्षा निकाय तथा नेपाल रेडक्रस सोसाईटी, पत्रकारहरुको संलग्नतामा सरसफाईको कामसमेत गरिएको थियो ।
टिप्पणीहरू