छानबिन आयोगविरुद्ध रिट, अन्तरिम आदेश माग
भदौ २३ गतेको जेन–जी प्रदर्शन र २४ गतेको विध्वंश सम्बन्धमा गठित छानबिन आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गरिएको । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका छन् ।
ढकालले कार्की र शर्मामाथि छानबिनको विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वजनिक गरेको, पूर्वाग्रह देखाइसकेको दाबी गरेका छन् । उनले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउन माग गरेका छन्।
रिट निवेदनमा भनिएको छ, ‘पदाधिकारीहरूले न्यायिक मनोवृत्तिका साथ काम गर्नुपर्ने भए पनि उनीहरूले पहिले नै धारणा सार्वजनिक गरिसकेकाले तटस्थ रूपमा काम हुन सक्दैन।’
आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र अधिवक्ता विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
टिप्पणीहरू