एक मीनेटअगाडि लाइभ, अर्को मीनेटमा टाइट

एक मीनेटअगाडि लाइभ, अर्को मीनेटमा टाइट

नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णय गर्नै आधा घण्टा लगाएका उनले अब उप्रान्त सबै बैठक लाइभ गर्ने घोषणा गरे । मन्त्रालय र मातहतका सबै बैठक लाइभ गर्ने भनेको केही समय नबित्दै उनले पत्रकारहरुलाई बैठकमा किन राख्ने ? भन्दै सचिवलाई पेलान दिए । 

कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रमका लागि सभाहल जाँदै गर्दा उनले सचिवलाई भने,‘मिडियालाई किन राख्ने ? पत्रकारलाई यहाँ किन राख्ने ? यो त कर्मचारीसँगको कुरा हो । यो निर्णय गर्ने कुरा होइन नि,डिस्कशनको कुरा हो । यस्तो बैठकमा मिडियालाई किन राख्नुपर्यो ?’

नको कुरा सुनेका एक कर्मचारीले व्यङ्ग्य गर्दै भने,‘मन्त्रीको ताल यस्तो छ, अरु के कुरा गर्नु ? एक मीनेटअगाडि लाइभ गर्ने भन्छन्,अर्को मीनेटमा फेरि मिडियालाई किन राख्नुपर्यो भन्दै टाइट गर्छन् ।’

टिप्पणीहरू