पर्सिदेखि मरस्ती जात्रा

पर्सिदेखि मरस्ती जात्रा

ललितपुरको चापागाउँमा मरस्ती जात्रा पर्सिदेखि शुरु हुने भएको छ । चम्पापुर संस्कृति संरक्षण संस्थाले आज जात्राको तालिका सार्वजनिक गरेको हो । जसअनुसार पर्सि बिहान १० बजे आगमछेँबाट खट निकालेपछि जात्रा शुरु हुने छ । 

साँझ ५ बजे ब्रजबाराहीको मूर्ति आगमछेँबाट बज्रबाराही मन्दिर ल्याइने छ भने राति ९ बजेदेखि मन्दिरअगाडि होम गरिने छ । कात्तिक १३ गते बिहान ६ बजेदेखि भक्तजनलाई समयबजी वितरण गर्ने र राति १२ बजे देवतालाई खटमा राखी खटलाई बखा दवलीमा विराजमान गराइने संस्थाले जनाएको छ । 

यस्तै, कात्तिक १४ गते बिहान ७ बजे देवतालाई गरगहना पहिरन गराई खुपा नायोबाट पहिलो पूजा गरिने छ । सो दिन दिनभरि विभिन्न स्थानमा पूजा गरेर चन्द्र भैरवअगाडि अन्तिम पूजापछि साँझ ५ बजेबाट गाउँ परिक्रम गराई जात्रा समापन हुने संस्थाले बताएको छ ।

टिप्पणीहरू