अचेत भेटिएका प्रहरी हवल्दार बिते
पोखरामा अचेत अवस्थामा भेटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएका हवल्दार ओमकुमार थापा गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए ।
तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। कास्की प्रहरीका अनुसार मृतक थापा नवलपुरको विनय त्रिवेणी गाउँपालिका–६, शिवपुरगढीका स्थायी बासिन्दा हुन्।
उनको दरबन्दी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्कीमा रहेको बताइन्छ ।
टिप्पणीहरू