विध्वंशमा कसरी जोडिए डिस्कर्ड, मोलोटोभ र पब्जी ?
भदौ २३ गते नयाँ बानेश्वरको हिंसात्मक प्रदर्शनपछि राति ७ बजेदेखि २ बजेसम्म सामाजिक सञ्जाल डिस्कर्डमा भएको छलफल र निश्कर्षबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार भोलिपल्ट बिहानैदेखि संसद भवन,सिंहदरबार,सर्वोच्च अदालत,शीतल निवास,अन्य अदालत, प्रहरी कार्यालय र चौकी, नेताहरुको निजी निवास, व्यापारिक कम्प्लेक्स, कारखाना र आवासमाथि आक्रमण, तोडफोड र आगजनी गर्नेबारे लामो छलफल भएका प्रमाणहरु संकलन गर्ने काम भइरहेको छ ।
रातिको छलफलमा मोलोटोभ बनाउन डिस्कर्डमै सिकाएको पाइएको छ । आधुनिक बम नाम दिइएको डिजिटल बम मोलोटोभलाई डिजिटल गेम पब्जीको एउटा डिजिटल हतियार भन्ने गरिन्छ । जसलाई नेपालीमा पेट्रोल बम भनिन्छ ।
गत वर्ष सोही खेल हेर्न जकार्ता जाँदा बालेनले महानगरपालिकाबाट विजयीको सम्मान भन्दै पब्जी खेलको विकासका लागि एक करोड छुट्याउने बताएका थिए ।
विशेषज्ञहरुका अनुसार यो विस्फोटक पदार्थले टाढैबाट आगो फैलाउन सहयोग गर्छ । तर त्यसरी आगजनीमा संलग्नहरु यसअघि विभिन्न अपराधमा मुछिएका, अधिकांश लागुपदार्थ सेवन गर्दै पब्जी खेल्नेहरू भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उक्त घटनाक्रमलाई काठमाडौंका मेयरले पब्जी खेलाडीहरूलाई दिएको महत्वसँग जोडेर हेरिएको छ । गत वर्ष सोही खेल हेर्न जकार्ता जाँदा बालेनले महानगरपालिकाबाट विजयीको सम्मान भन्दै पब्जी खेलको विकासका लागि एक करोड छुट्याउने बताएका थिए । त्यसैले भदौ २४ गतेको विध्वंशमा पब्जी खेल्नेहरुमध्ये राम्रालाई छाडेर अपराधिक मानसिकता भएकाको हात रहेको प्रहरीले स्वीकारिसकेको अवस्था छ ।
स्रोत भन्छ, ‘यस्तो अवस्थामा सिंहदरबार जलाउन बालेनको हात छैन भनेर कसरी भन्ने ?’ रातभर ‘जय शम्भो’ को सर्को तान्दै पब्जी खेल्नेहरुको भूमिका २४ गतेको विध्वंशमा सबैभन्दा धेरै रहेकाले अनेक आशंका र कोणबाट अहिले अनुसन्धान एवम् विश्लेषण गरिएको हो ।
टिप्पणीहरू