रवि र छविको सुनुवाइ, जिबीको खोजी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ शुरु भएकाे छ ।
उच्च अदालत तुलसीपुरका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको ४ नम्बर इजलास (बुटवल)मा अहिले सुनुवाइ जारी छ । भदौ २४ गते रास्वपा कार्यकर्ताले लामिछानेविरुद्धको मुद्दासँग सम्बन्धित सबै कागजात जलाउने उद्धेश्यसहित उच्च अदालतको भवनमा आगो लगाउने प्रयास गरेका थिए ।
तर, बाक्लो सुरक्षाकर्मी परिचालन गरेर भवन जल्नबाट जाेगाइएकाे थियाे । उक्त घटनापछि लामिछाने र उनका तत्कालीन व्यवसायिक साझेदार जोशीविरुद्धको मुद्दा आज पेशी चढेको हो ।
आफ्नो भागमा पर्ने विगो बराबरको धरौटी बुझाएर रिहा हुनुपर्ने मागसहित लामिछानेले रुपन्देही जिल्ला अदालतमा निवेदन दिएकोमा साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासले अस्वीकार गरेको थियो । त्यसपछि उनी सोही निवेदन लिएर उच्च अदालत पुगेका हुन् ।
jला्मिछाने हाल नख्खु कारागारमा छन् भने जाेशीलाई रूपन्देही कारागारमा राखिएको छ । यो प्रकरणका मुख्य आरोपित जिबी राईको पुनः खोजी शुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेपछि कतिपयले 'जिवीलाई खोजेर मन्त्री बनाउँ' भन्दै सरकारलाई कटाक्ष गरेको देखिन्छ । लेखक नविन प्राचिन लेख्छन्, 'जिबी राई, ओ जिबी राई,अब त मुलुक फर्क ब्रो, सहकारी मन्त्रालय खाली भो !'
टिप्पणीहरू