धुलिखेलमा खगेन्द्र सुनारको बयान र थुनछेक बहस सकियो
अदालतको अवहेलना र अधिवक्तामाथि अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनारको बयान र थुनछेक बहस जिल्ला अदालत काभ्रेपलाञ्चोक, धुलिखेलमा सम्पन्न भएको छ। न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा भएको बहस सकिए पनि आदेश आउन बाँकी छ।
सुनारमाथि अधिवक्ता मनिषा गौतमविरुद्ध फेसबुक र लाइभमार्फत् अपशब्द प्रयोग गरेको आरोप लागेको छ । उनीमाथि साइबर ब्यूरोमा मुद्दा दर्ता र आवश्यक अनुसन्धानपछि अदालतमा पेश गरिएको हो।


टिप्पणीहरू