महानगरको डोजर आज राम मन्दिरमा
काठमाडौंको थापाथलीस्थित राम मन्दिर परिसरमा बनाइएको अवैध संरचना भत्काइएको छ । महानगर प्रहरी बलले आज त्यहाँको संरचनामा डोजर चलाएको हो ।
महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले मापदण्डविपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको जानकारी दिए । जनआस्थासँग उनले भने,‘त्यहाँको अवैध संरचना भत्काउन महानगर प्रहरी बलको टोली खटिएको छ । भत्काउने काम जारी छ ।’
महानगरले केही दिनयता अनाधिकृत संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ । आज सूचना जारी गर्दै अतिक्रमणविरुद्धको अभियानलाई तीव्र बनाउने जानकारी गराएको छ ।
सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्डविपरीत बनाइएका संरचना हटाउन अल्टिमेटमसमेत दिइएको छ ।
टिप्पणीहरू