धनुषामा दाइजोमुक्त विवाहसहित तीन दिवसीय कार्यक्रम
जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको दिव्य धर्म यज्ञ दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका–२, बेलचापीमा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको छ । कात्तिक १८ देखि २० गतेसम्म तीन दिवसीय कार्यक्रम गर्न थालिएको हो ।
महेन्द्रनगर पुलदेखि पश्चिमतर्फको सतलोक आश्रममा हुने कार्यक्रममा सन्त गरिबदासजी अमर वाणीको अखण्ड पाठ हुनेछ । तीन दिवसीय कार्यक्रममा दाइजोमुक्त विवाह, रक्तदान शिविर, निःशुल्क नाम दीक्षा, आध्यात्मिक प्रदर्शनी पनि गरिने आयोजकले जनाएको छ । त्यसैगरी, विशाल भण्डाराको पनि आयोजना गरिएको छ । आश्रमले हरेक वर्ष छ पटक यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।
जेठमा कबीर प्रकट, भदौमा अवतरण दिवस, कात्तिकमा दिव्य धर्मयज्ञ, माघमा निर्वाण दिवस, फागुनमा सन्तपालजी बोध दिवस र गरिबबोध दिवस मनाउने गरिन्छ । गत माघ २४ देखि २६ गतेसम्म निर्वाण दिवस, फागुन ३ देखि ५ गतेसम्म बोध दिवस र जेठ २६ देखि २८ गतेसम्म परमेश्वर कबीर साहेबजीको प्रकट दिवसको आयोजना गरिएको थियो ।
टिप्पणीहरू