आकाशमै ल्याण्डिङ गियर खुलाउने प्रयास विफलपछि आकस्मिक अवतरण
धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको फ्लाइट नम्बर एसएचए २२२ को विमानलाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बिहान १० बजे धनगढीबाट उडेको उक्त विमानमा काठमाडौं आइपुग्नु अगावै हाइड्रोलिक फेलियर भएको पत्ता लागेको थियो।
काठमाडौंमा अवतरण गर्नुपर्ने उक्त विमानलाई सिमरामाथिको आकाशमा केहीबेर उड्न लगाइएको थियो । त्यसपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरणको बन्दोबस्त गरेपछि विमान सिमरामाथिबाट त्यहाँ गएको थियो । काठमाडौं विमानस्थलमा अवतरणका लागि सिमराको आकाशमा उडिरहेको विमानको ल्याण्डिङ गियर खुलाउने अनेक प्रयास असफल भएको बताइन्छ ।
हाइड्रोलिक फेल भएका कारण विमान रन वेमा नै अडिएको थियो । ८२ जना यात्रु र चालक दलका सदस्यहरु रहेको विमानलाई झण्डै एक घण्टापछि तानेर रनवेबाट हटाइएको थियो ।
काठमाण्डौमा अवतरण गर्नेक्रममा ल्याण्डिङ्ग गियरले काम गरेको थिएनकेहि समय हाईड्रोलिक अन गर्ने प्रयासका लागि वीरगञ्ज सीमराको आकासमा लगेर विमानलाई होल्ड गरेको थियो । बिमानले काम नगरेपछि विमानलाई भैरहवा पठाइएको थियो ।
टिप्पणीहरू