मसाज सेन्टर र डान्स बार हटाउन विद्यार्थी संगठनहरुको पहल

मसाज सेन्टर र डान्स बार हटाउन विद्यार्थी संगठनहरुको पहल

कञ्चनपुरमा सक्रिय विद्यार्थी संगठनहरूले सामाजिक विकृति, अनियमितता र जनजीवनमा असर पार्ने गतिविधिहरूको विषयमा फेरि आवाज उठाएका छन् ।

भीमदत्त नगरपालिका–५ स्थित शैक्षिक संस्था, मठ–मन्दिर र स्थानीय संस्कृतिमा प्रतिकूल असर पार्ने गरी मापदण्ड विपरित सञ्चालित मसाज सेन्टर र डान्स बारका व्यवसायीहरूमाथि स्थानीयबासी र सरोकारवालाले पटक–पटक सम्बन्धित नियमन गर्ने निकायमा खबरदारी गराउँदा पनि ती सेन्टर र बार नहटाएपछि उनीहरुको सक्रियता देखिएको छ ।

सम्बन्धित वडा कार्यालयहरूले व्यवसायीहरूलाई ३५ दिने सूचना मार्फत् सुधारका लागि पत्राचार गरे पनि व्यवसायीहरूले अटेर गरेको बताइएको छ । यस विषयमा सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउँदै विद्यार्थी संगठनहरूले अविलम्ब ती व्यवसायलाई मापदण्डअनुसारका क्षेत्रमा व्यवसाय सञ्चालन गराउँदै नियमन गर्न आग्रह गरेका छन् ।

विद्यार्थी संगठनहरूले भनेका छन्, ‘हाम्रो संयुक्त अपिललाई बेवास्ता गरिएको खण्डमा आवश्यक कानुनी तथा सामाजिक कदम चाल्न बाध्य हुनेछौं।’ अभियानमा संलग्न विद्यार्थी संगठनका प्रतिनिधिहरूको तर्फबाट अनेरास्ववियुका दीपकराज अवस्थी, नेविसंघका पंकज भट्ट, अखिल क्रान्तिकारीका डम्बर कुवँर, अनेरास्ववियूका प्रज्वल कुवर, अनेरास्ववियूका प्रेम रावल, अखिल समाजवादीका ललित मिश्रले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

टिप्पणीहरू