राजदूत फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ
राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट पेशी चढेको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । शुक्रबार सुनुवाइ नसकिएपछि रिट ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
गत असोज २० गतेको क्याबिनेट बैठकले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध कात्तिक २ गते अधिवक्ता प्रतिभा उप्रेती, लक्ष्मीप्रसाद रेग्मी, सुनिल भट्टराईलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भई राष्ट्रपतिद्वारा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय असंवैधानिक रहेको जिकिर गरिएको छ । यो निर्णय उत्प्रेषणका आधारमा बदर गरी कार्यान्वयन नगर्न–नगराउन परमादेश माग गरिएको छ ।
टिप्पणीहरू